संक्रमितको संख्या घट्दैछ : स्वास्थ्य मन्त्रालय

Health ministor

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा नेपालमा यो हप्ता कोभिड संक्रमितको संख्यामा कमी आएको पुष्टि भएको बताएको छ।

मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग, धुलिखेल अस्पतालका निर्देशक डा.विराज कर्माचार्यले अघिल्लो हप्ताभन्दा यो हप्ता झण्डै १७.५ प्रतिशतले कोभिड संक्रमितको संख्यामा कमी आएको बताए।

अन्य प्रदेशमा संक्रमितको संख्यामा कमी आएपनि गण्डकी प्रदेशमा भने विगतको हप्ता भन्दा ५०.८ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको उनले बताए।

डा. कर्माचार्यले अहिले पनि नेपालमा टेष्ट पोजेटिभिटी निकै नै धेरै भएको बताए।

उनका अनुसार नेपालको टेष्ट पोजेटिभिटि झण्डै ३७.७ प्रतिशत छ भने भारतमा १०. ४ प्रतिशत छ। उनले भने, ‘टेष्ट पोजेटिभिटी ५ अथवा त्यो भन्दा कम हुनुलाई राम्रो मानिन्छ।’

परीक्षण गरिएकाहरुको अनुपातमा संक्रमितहरुको प्रतिशतलाई टेस्ट पोजेटिभिटी भनिन्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...