भोजपुरमा ट्युशन पढाउने शिक्षकले ‘आईलभ यु बुडी’ भनेर म्यासेज पठाएपछि छात्राद्वारा खुकुरी प्रहार

Untitled 1123

भोजपुरका एक शिक्षक धारीलो हतियार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् ।

आफूलाई ट्युशन पढाउने शिक्षकले मोवाईलबाट म्यासेज गरेर कुदृष्टिजन्य शब्दहरु पठाएको भन्दै जिल्लाको पौवादुङ गाउँपालिकाकी युवती (छात्रा) राम कुमारी नशा राईले शिक्षक योगेन्द्र कार्कीमाथि धारीलो हतियार (खुकुरी) प्रहारबाट गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी कृष्णकुमार चन्दका अनुसार २४ वर्षीया युवतीले ती शिक्षकलाई ‘सरप्राईज’ दिने भन्दै बोलाएकी थिइन् ।

युवतीले बोलाएपछि घटनास्थल पुगेका शिक्षकमाथि एक्कासी खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धान उधृत गर्दै डिएसपी चन्दको भनाई छ । घटनाबारे पुष्टि गर्दै डिएसपी चन्दले थप अनुसन्धानपछि मात्र सत्यतथ्य सार्वजनिक गरिने बताए ।

घाइते हुने शिक्षक भोजपुर पौवादुङ गाउँपालिका वडा नम्बर ४ का २९ वर्षीय योगन्द्र कार्की हुन् ।

घटना जेठ ९, २०७८ भएको डिएसपी चन्दले जनाएको छ । पौवादुङ गाउँपालिका–६ ठूलोदुङ्ममा भन्ने ठाउँमा ट्युशन पढाउन गएका शिक्षक योगेन्द्रमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहार गर्ने युवती बयान खिचिएको भिडियोमा आफूमाथि शिक्षकले असभ्य शब्दहरु म्यासेन्जरमा पठाएकाले सहन नसकेर आक्रमण गरेको उल्लेख छ ।

सामाजिक सञ्जालमा भाईरल भिडियोमा खुकुरी प्रहार गर्ने युवती (छात्रा)ले भनेकी छन्, ‘कक्षामा ट्युशन पढ्दा पढ्दै मोवाईल म्यासेजमा सरले ‘ओई बुडी, आई लभ यु, डार्लिङ पठाउनु भयो’ उनले भनेकी छन्, ‘त्यो मैले सहन सकिन राती ९ बजे बोलाएर खुकुरी हाने ।’

खुकुरी प्रहार गर्ने नशालाई प्रहरीले हिरासतमा लिई थप अनुसन्धान थालेको डिएसपी चन्दले जानकारी दिए ।

प्रतिकृया दिनुहोस