आज २०७८ साल जेठ १५ गते शनिबार, शनिदेवको दर्शन गर्दै हेर्नुस् तपाईको राशीफल

Sanidev maharaj 768x508

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुनसक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउँनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ । अन्य काम गर्नुभन्दा आजको दिन दान धर्म तथा मन्दिरतिरको यात्रा गरी दिन कटाउँनु नै राम्रो रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
हतार गर्ने बानिले अनावस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नी विचको सम्वन्धमा विश्वासको वातावरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काविच नजिक हुने तथा रमाउँन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
शिक्षामा गरीएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा बिद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । भौतिक सम्पती प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अविस्वास बढ्ने तथा पति पत्नी बीच एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउला भन्न सकिन्न ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषी तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृड भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले जीवनमा सफल भएको महशुष हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अदालती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा कुटुम्वसँग व्यावहार गर्दा वा कुनैपनि कामगर्दा सावधानि अपनाउनु होला कामहरु बिग्रने तथा मनमुटाव पैदा हुनसक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य सम्वन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सरकारी तथा पैत्रिक धन सम्पती हात लागी हुने सम्भावना रहेकोछ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पतीहरु लाभ हुने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले कामगर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

 

प्रतिकृया दिनुहोस