कोरोनाले प्रहरी प्रधान कार्यालयमा कार्यरत डिएसपी समीरचन्द्र खरेलको मृत्यु

Samirjang khare

काठमाडौं । सरकारको निर्णय फिल्डमा कार्यान्वयन गर्न दिनरात खटिएका प्रहरीका अधिकृत सङ्क्रमणका कारण गुम्न थालेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको मृत्यु भएको पँच दिन पनि बित्न नपाउँदै फेरि नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्‍यु भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्‍यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

वैशाख ३० मा महानगरीय अपराध महाशाखामा कार्यरत प्रसनी (असई) देवीबहादुर पुरीले सङ्क्रमणका कारण ज्यान गुमाए । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पीसीसीबी ठिमीमा कार्यरत थिए । वैशाख १८ गतेदेखि उनी महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका थिए ।

कोभिड–१९ को पहिलो र दोस्रो सङ्क्रमणबाट नेपाल प्रहरीमा सेवा गरिरहेका ९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको मनोबल घट्ने भन्दै प्रहरी प्रधान कार्यालयले सङ्क्रमित र ज्यान गुमाउनेको तथ्याङ्क गोप्य राख्न थालेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ज्यान गुमाउने प्रहरीमध्ये अधिकांश ४० देखि ४५ वर्ष उमेर समूहका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...