सिंहदरबारमा बैठक सकेर पुगे सर्वोच्च ५ दलका नेता

Samsad supreme court

काठमाडौं । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर ५ दलका शीर्ष नेतासहित सांसद् सर्वोच्च अदालत गएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न दिएको ‘डेटलाइन’ भित्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुलाई १४९ जनाको सहमति रहेको भन्दै निवेदन दिएका थिए ।

सोही दिन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका केपी शर्मा ओलीले पनि आफुलाई सरकार बनाउन समर्थन रहेको भन्दै राष्ट्रपतिलाई निवेदन दिएको थिए । तर राष्ट्रपति भण्डारीले दुबैको दावी नपुग्ने निर्णय गरेसँगै ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एमाले०का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् ।

रिटमा तीन माग छन्,
१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज

२. संसद अधिवेशनको मिति तोक्नुपर्ने

३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...