नेपाल-खनाल समुहले स्पष्टिकरण नबुझाउने, उल्टै ओलीले नै स्पष्टिकरण दिनुपर्ने

Nepal khanal

काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेको खनाल–नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने भएका छन् ।

शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन शनिबार पत्र पठाएको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन खनाल–नेपाल समूहका ११ जना प्रतिनिधि सभा सांसदलाई शनिबार पत्र पठाएका थिए ।

तर, आफूहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गर्दासमेत पार्टीको हित विपरीत गतिविधि बन्द नभएकोले केपी शर्मा ओलीलाई वैध अध्यक्ष मान्न नसकिने र ओलीले नै सबैसामु स्पष्टीकरण दिनुपर्ने नेता रावलको भनाइ छ ।

पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल–नेपाल समूहका नेता भीम रावलले टिप्पणी बताए ।

‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसक्नुभएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक–पटक गरिरहनुभएको छ’ नेता रावलले भने, ‘त्यसैले अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिइरहनुपर्ने जरुरी छैन र हामी स्पष्टीकरण पनि दिँदैनौँ ।’

पार्टीलाई निजी कम्पनी जस्तो बनाउनुको कारण, नवौं राष्ट्रिय महाधिवेशनपछिको संरचना भत्काउनुको कारण, संविधानमाथि बारम्बार प्रहार गर्नुको कारण, पार्टी विधान विपरीत गतिविधि गर्नुपर्ने कारणलगायतका विषयमा केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने नेता रावलको तर्क छ ।

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । दिउसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा माधवकुमार नेपालसहित ११ सांसदलाई २४ घण्टाको समय दिएर मागिएको स्पष्टीकरणका बारेमा छलफल हुने र थप कारबाहीको तयारी गरिएको एक नेताले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...