ओलीले बोलाए एमाले स्थायी कमिटिको आकस्मिक बैठक  

Pm oli 1

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि बैठक बोलाएका छन् ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे बस्ने गरि एमाले स्थायी कमिटिको बैठक बोलाएका हुन् । सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारवाहीको निर्णय हुन सक्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेकी छन् ।

नेपाल पक्षले यसको विरोध गरेको छ । सो पक्ष नेपाली कांग्रेससहितका विपक्षी दलसँग मिलेर विघटन विरुद्ध रणनीति बनाउने तयारीमा रहेका बेला ओलीले स्थायी कमिटि बैठक बोलाएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...