संसद विघटनविरुद्ध कानूनी तथा राजनीतिक लडाईँमा जाने कांग्रेसको निर्णय

Capture 653232

काठमाडौँ । प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईँमा जाने कांग्रेसले निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले विघटनविरुद्ध अदालतको ढोका ढकढक्याउने तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले देश सञ्चारसँग भने, ‘शुक्रबार मध्यरातमा राष्ट्रपतिबाट भएको कदमको विरोध गरिएको छ । यो निर्णयविरुद्ध कानूनी र राजनीतिक लडाईँमा जाने निर्णय गरेका छौँ ।’

उनले सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै भंग गर्नु असंवैधानिक रहेको ठहर कांग्रेसले गरेको बताए ।

कानूनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको र थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने उनले बताए । तत्काललाई मध्यावधि चुनाव भन्दा पनि संसद भंगविरुद्धको लडाईँको रणनीति महत्वपूर्ण रहेको उनले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सबेरै प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...