मध्यराती आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बस्दै

Cabinet baithak

काठमाडौं । मध्यराती आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद् बैठक रातको १२ः२० बजेसम्म बसेको छैन । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्ति मार्फत् दिएको थियो ।

शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपतिले दिएको सयममा विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १ सय ४९ सांसदको समर्थन रहेको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका थिए भने त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ५३ सांसदको आफूलाई समर्थन रहेको भन्दै आफ्नो दावी पेस गरेका थिए ।

तर राष्ट्रपति कार्यालयले मध्यराती विज्ञप्तीमार्फत दुबै पक्षको दावी नपुगेको भन्दै दुबैजनालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको बताएको छ । योलगत्तै ओलीले मनित्रपरिषदको बैठक बोलाएका हुन ।

00:29:27

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...