बहुमत सांसदहरूको हस्ताक्षरसहित ओली शीतलनिवासमा 

Consultation meeting pm kp sharma oli

काठमाडौँ । एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । उनी शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेका थिए ।

तर, प्रधानमन्त्री ओलीको पक्षमा रहेका भनिएका जसपाका नेताहरुले भने राष्ट्रपतिले आह्वान गरेको ढाँचामा एकमुष्ट हस्ताक्षर नगरी पार्टीको लेटरप्याडमा पत्रमात्र शीतल निवासमा दर्ता गरेको शीतलनिवास स्रोतले बतायो ।

विपक्षी दलका नेताहरु १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावीसहित शीतल निवास पुगेकै बेला ओली पनि पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...