विपक्षी गठबन्धन आन्तरिक गृहकार्यमा व्यस्त, नेपाल समुहको बैठक सिंहदरबारमा जारी

Madhav nepal deuba home

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैकल्पिक सरकार गठन गर्न दिएको समयसीमा सकिन लागेको छ समयसीमा सकिँनै लाग्दा राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा जुठेका छन् । विपक्षी दलसहित सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो । समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् ।

छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् ।

अहिले ३ बजे फेरि गठबन्धनको बैठक बस्दैछ । राष्ट्रपतिले दिएको उक्त समय नजिकिँदै गर्दा विपक्षी गठबन्धनको बैठक कुनै निष्कर्षमा नपुगी सकिएको हो । तर, अर्को बैठक ३ बजे सिंहदरबारमा संयुक्त रूपमा बस्ने सहमति भएको जसपाका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...