देउवालाई प्रधानमन्त्री ओलीको प्रस्ताव : आउनुस् मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ

Pm oli 1

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय सरकारको प्रस्ताव राखेका छन् । शुक्रबार बिहान फोन गरेर राष्ट्रिय सरकारको प्रस्ताव गरेको ओलीले बताए ।

बालुवाटारमा सम्पादकहरुसँग ओलीले भने, ‘आज बिहान शेरबहादुर देउवालाई फोन गरेर भने– तपाईंहरु सरकार बनाउनुहोस् । मेरो दलले सहयोग गर्छ ।’ तर वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको ओलीले बताए । ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा । सबैलाई समेटेर साझा भूमिका खेल्नेछु’, ओलीले भने ।

ओलीले अरु विकल्पबारे पनि प्रस्ताव गरेको बताए । ‘तपाईंहरुको उपयुक्त विकल्प छ भने प्रस्तुत गर्नुहोस्’, उनले भने ।  ‘कसले संविधानमाथि थिचोमिचो गर्यो ? मार्गप्रशस्त गर्दा पनि थिचोमिचो हुन्छ ?’, ओलीले प्रश्न गरे । विश्वासको मत लिए हार्छु भनेर थाहा पाएपछि संविधानको धारा ७६ (५) का निम्ति मार्ग प्रशस्त गरिदिएको ओलीले बताए ।

‘म हार्छु, विश्वासको मत लिए भने म हार्छु । हारेपछि ५ मै जाने हो । त्यसो हो भने जाऔं । सरकार बनाउनुहोस्, नीति तथा कार्यक्रम र बजेट ल्याउनुहोस्’, ओलीले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...