काठमाडौँ उपत्यकामा घट्न थाल्यो संक्रमण, थप २४८६ जनामा कोरोना पुष्टि

11953238 3x2 940x627

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ४८६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ९ सय ८८, भक्तपुरमा २२८ र ललितपुरमा २७० जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...