बादलले हारे एकताको ‘च्याप्टर क्लोज’ गर्ने माधव नेपाललाई अध्यक्ष ओलीको धम्की

Kp oli madhav nepal 5

काठमाडौं । भोली हुने वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेभित्रैका उम्मेदवारबीच कडा टक्कर हुँदैछ । पार्टी विभाजनको मुखमा पुगेका बेला बरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी दलहरुसँग मिलेर डा. खिमलाल भट्टराईलाई उम्मेदवार बनाए ।

अहिले विपक्ष दलकै समर्थनमा डा. भट्टराई ले मत मागिरहेका छन भने नेपाल समुहले एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ को पक्षमा मत मागिरहेको छ । अहिलेसम्मको स्थिती हेर्दा नेपाल समुहले बादललाई मत दिने अवस्था छैन । यो देखेपछि एमाले अध्यक्ष केपी शर्मा ओली निक्कै आक्रोसित बनेका छन् ।

आजै ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन नेपाल समुहलाई चेतावनी दिए भने अरुलाई अपील गरे ।

त्यति मात्रै होइन, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेद्वार रामबहादुर थापा, बादल पराजित भए एमालेभित्र जारी एकता प्रक्रियाको च्याप्टर क्लोज हुने चेतावनी नै दिएका छन् ।

पार्टीभित्रको बिवाद समाधान गर्न कार्यदल गठन गरी छलफल अघि बढिरहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालको सचिवालय र उनी निकट बागमति प्रदेशका नेताहरु पार्टी उम्मेद्वार थापालाई हराउन माओवादी र कांग्रेससँग गोप्य साँठगाँठ गरेको तथ्य पाएपछि अध्यक्ष ओलीले बादल पराजित भए नेपाल समुहसँगको एकताको च्याप्टर नै क्लोज गर्ने धम्की दिएका छन् ।

नीति र नेतृत्वलाई दह्रो साथ दिएर एमाले रोज्नुभएका नेता थापालाई माओवादी कार्वाही गरेपछि पदमुक्त भएको राष्ट्रियसभामा भोलि बिहीवार निर्वाचन हुँदैछ । बागमति प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । सो निर्वाचनमा माओवादी र कांग्रेसले डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाएको छ ।

राष्ट्रियसभाको सदस्य पदका लागि विहीबार हेटौंडामा मतदान हुँदैछ । मतदानको अघिल्लो दिन प्रधानमन्त्री ओलीले अपील जारी गर्दै एमाले उम्मेदवार बादललाई मतदान नगरे क्षम्य नहुने भन्दै स्थानीय तह र प्रदेशका एमाले जनप्रतिनिधिहरूलाई चेतावनी दिएका हुन् ।

राष्ट्रियसभामा एमालेकै दुई उम्मेदवार छन् । माधव नेपाल पक्षले काँग्रेस र माओवादीको समर्थनमा वामपन्थी बुद्धिजीवी डा. देवकोटालाई उम्मेदवार बनाएको छ । नेता नेपालको सचिवालयले पनि मौन अवधि सुरु भइसकेपछि मंगलबार प्रेस नोट जारी गर्दै बादललाई सघाउन नसकिने बताएको छ । राष्ट्रियसभामा एमालेकै दुई उम्मेदवार छन् ।

पार्टीभित्र बिवाद समाधान गर्न कार्यदलले तीब्र गतिमा काम गरिरहेको र एक आपसमा अन्तरबिरोध हुने कुनै पनि काम नगर्न नेता–कार्यकर्तालाई अपिल गरेको केही समयमै माधव नेपालको सचिवालयले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेद्वारलाई मतदान गर्ने बिषयमा अन्यौल सिर्जना गर्ने गरी आपत्तिजनक बिज्ञप्ती जारी गरेपछि अध्यक्ष ओलीले नै एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सूर्यमा मतदान गरी बादललाई जिताउन निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...