‘ऋत भर्चुअल गट ट्यालेन्ट’को उपाधि करुणालाई

Karuna baram magar

काठमाडौं । ‘ऋत भर्चुअल गट ट्यालेन्ट’ को उपाधि करुणा बराम मगरले जितेकी छन् । विजेता करुणाले नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरिन् । शीर्ष पाँचमा पर्नेहरुले जनही तीन हजार र प्रमाणपत्र प्राप्त गरे ।

कोरोना महामारीको प्रतिकुल समयमा विद्यार्थीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यलाई चुस्तदुरुस्त राख्न र उनीहरुलाई व्यस्त राखी भयबाट मुक्त गराउन तथा उनीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको भर्चुअल ट्यालेन्ट सोको उपाधि करुणाले जितेकी हुन् ।

करुणा ऋत एकेडेमीकै कक्षा १२ व्यवस्थापन संकायकी छात्रा हुन् । बसुन्धारामा रहेको ऋत एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा सदीक्षा वाग्ले, जस्मिन गिरी, गणेश खत्री, निशा थापा र निर्जरा लामा शीर्ष पाँचमा परेका थिए । उनीहरु सबै सोही कलेजका कक्षा ११ को कानुन संकायका विद्यार्थी हुन् ।

‘ऋत भर्चुअल गट ट्यालेन्ट’मा नृत्य, गायन, अभिनय, कविता, बक्तृत्व कलालगायत विभिन्न विधा समावेश गरिएको थियो । लय संग्रौला, डा. चन्द्रमान श्रेष्ठ, रेवतीराज त्रिपाठी, शेरबहादुर गुरुङ, पुरुषोत्तम रिजाल, अरिम खड्का र नुरआलम बंगालीको निर्णायक मण्डलले ८७ जनामध्येबाट विजेता घोषणा गरेको हो ।

कानुन विषयमा प्लसटु पढाइ हुने नेपालकै पहिलो ऋत कलेजले कोरोना महामारीलाई मध्यनजर गर्दै सात प्रदेश र ७७ जिल्लाका लागि छात्रवृत्ति आह्वान गरिसकेको प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...