कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

Nepali congress samsadiya dal

काठमाडौँ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक विषयहरु र संसदको बजेट अधिवेशन लगायत विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि गत २७ बैशाखमा संसदको विशेष अधिवेशन बसेको थियो । तर, प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्थगित भएको संसद अधिवेशन सरकारले त्यसै राति अन्त्य गराएको थियो ।

३० बैशाखमै प्रधानमन्त्री केपी ओली पुनः संविधानको धारा ७६ ९३० अनुसार अल्पमतको प्रधानमन्त्री नियुक्त भएका छन् । अब प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । कांग्रेस प्रधानमन्त्रीले विश्वासको मत लिन असफल बनाउने रणनीतिमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...