धनकुटामा एकै दिन ६१ जनामा कोरोना संक्रमण पुष्टि, चौबिसेमा एउटै वडामा १४ संक्रमित

Dhankuta pcr lab

धनकुटा । धनकुटामा एकैदिन ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ जना भने धनकुटा बाहिरका हुन् । जिल्लामा एकैदिन संक्रमण पुष्टि भएको यो हालसम्मकै धेरै संख्या हो । योसँगै धनकुटामा दोस्रो चरणमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९१ पुगेको छ ।

धनकुटा अस्पतालको ल्यावमा आइतबार गरिएको १२८ जनाको पीसीआर परीक्षण गर्दा ३० पुरुष र ३० महिलाको रिपोर्ट पोजिटिभ आएको छ ।इलाम घर भई धनकुटामा बसेबास गर्दै आएका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोरोना संक्रमण पुष्टि भएकामध्ये अधिकांस कन्ट्रयाक ट्रेसिङमा परेका छन भने केही मात्रै धनकुटा असपतालमा उपचार गराइरहेका विरामी रहेको धनकुटा अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. पुजन विश्वकर्माले बताए ।

सबैभन्दा बढी धनकुटा नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । धनकुटा नगरपालिकामा १७ जना, चौविसे गाउँपालिकामा १४ जना, साँगुरीगढी गाउँपालिकामा १३ जना, महालक्ष्मी नगरपालिकामा १० जना, पाख्रीवास नगरपालिकामा ४ जना, छथर जोरपाटीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

चौविसेको एउटै वडामा १४ जनामा संक्रमण पुष्टि भएको छ । चौबिसे गाउँपालिका वडा नं. २ मा १४ जनामा संक्रमण पुष्टि भएको छ भने साँगुरीगढीमा पनि संक्रमण पुष्टि भएका १३ जना नै एउटै वडाबासी हुन् । ती सबै वडा नं. ५ का हुन् ।

धनकुटा नगरपालिका–१ का ३३ बर्षीय पुरुष, ३४ र ६० बर्षीया महिला, धनकुटा–३ का ४२ र १८ बर्षीय पुरुष, २०, ६३, ३२ र १० बर्षीया महिला, धनकुटा–४ का ४७ बर्षीय पुरुष, ४५ र ४९ बर्षीया महिला, धनकुटा–५ का ४०, ५०, ७६ बर्षीय पुरुष, धनकुटा–६ का १४ बर्षीय पुरुष र २२ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

चौबिसे गाउँपालिका–२ का ४२, ४४, ७९ र ३३ बर्षीय पुरुष, ३५, २४, ४०, ३५, ६५, ५४, ४९, ३८, ३१ र २७ बर्षीया महिलामा संक्रमण देखिएको छ । त्यस्तै, साँगुरीगढी गाउँपालिका–५ का ३९, ५०, ४८, ३९, ५५, ५३, ६२ र ७० बर्षीय पुरुष, २१, ५५, २९, ५२ र ६६ बर्षीया महिलाको रिपोर्ट पोजिटिभ आएको छ ।

महालक्ष्मी नगरपालिका–५ का २२, महालक्ष्मी–७ का ३३, ५६, ६२, २५, ५५ र २६ बर्षीय पुरुष, महालक्ष्मी–७ का ७, २८ र ५६ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । पाख्रीवास नगरपालिका–१ का ३२ बर्षीय पुरुष, पाख्रीवास–३ का २०, ६३, ३२ र १० बर्षीया महिला संक्रमित भएका छन् । छथर जोरपाटी गाउँपालिका–४ का ४१ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...