कोरोनाबाट एमाले नेता नवराज शंकरको मृत्यु

Nabraj sankar

काठमाडौँ । नेकपा एमाले इलामका नेता नवराज शंकरको कोरोनाका कारण शनिबार राति मृत्यु भएको छ । एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो । ३५ वर्षीय शंकरको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्तपालले जनाएको छ ।

शंंकर नेकपा एमालेको कार्यालय सचिवसँगै विभिन्न संघसंस्थामा सक्रिय रहेका थिए । इलाम नगरपालिका–९ का बासिन्दा उनी बाल संगठन इलामका सभापति समेत हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...