बञ्चरो प्रहार गरेर बाबुको हत्या

Hatyd ohoto

दैलेख । आमालाई कुटेपछि युवकले बञ्चरो प्रहार गरि बुबाको हत्या गरेका छन् । जिल्लाको डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास बुढाले ४७ वर्षका आफ्ना बुबा नकुल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

बुबाले आमालाई ढुंगाले हाने थाहा पाएपछि आक्रोसित बनेका छोराले बञ्चरो प्रहार गर्दा बुबाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।

घटनाको बस्तुबस्थिति बुझ्न प्रहरीको अपराध अनुसन्धान टोली घटनास्थलमा पुगेको र थप बिवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । । आरोपित विकास बुढालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिकृया दिनुहोस