नेपाल सुपर लिगमा काठमाडौं बन्यो पहिलो च्याम्पियन

Nepal campian

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । काठमाडौंले उपाधिसँगै कीर्तिमान ३५ लाख रुपैंया प्राप्त गर्‍यो ।

दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनलमा धनगढी एफसीलाई १–० ले हरायो र यसमा क्यामरुन खेलाडी मेसुके ओलोमोयुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगितामा यो दुई टिमबीचको तेस्रो भेट हो र यसक्रममा काठमाडौंले बेहोरेका दुई हारको बदला पनि लिएको छ । प्रतियोगिताको पहिलो उद्घाटन खेलमा काठमाडौंले जितसँगै सुरुआत गरेको थियो र अन्तिम खेलमा उसकै जितसँगै प्रतियोगिता टुंगेको छ । लिग चरणको समाप्तीमा काठमाडौं शीर्ष स्थानमा रहेको थियो ।

यसअघि लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २–१ ले हराएको थियो ।

फाइनलमा भने ओलोमोयुले २१ औं मिनेटमा गोल गरे र यो उनको प्रतियोगितामा आठौं व्यक्तिगत गोल पनि रह्यो । विश्वास श्रेष्ठले दिएको पासमा उनले धनगढीका दुई डिफेन्डरको बीचबाट प्रहार गर्दै गोल गरे र यसक्रममा आफूलाई माथिल्लो दर्जाको स्ट्राइकर सावित गरे ।

५५औं मिनेटमा धनगढीका अशोक खवासको प्रहार काठमाडौंका गोलकिपर विकेशले क्रस बार माथिबाट बाहिर पठाएका थिए । ६५औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर किरण चेम्जोङको हातमा लाग्दै बाहिर गयो ।

८८औं मिनेटमा पुजन उपरकोटीको प्रहार क्रस बारको केही माथिबाट बाहिरिंदा धनगढीले अर्को अवसर गुमायो । ८९औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङ समिरले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङको हातमा लाग्दै बाहिरियो । इन्जुरी समयमा धनगढीले बराबरीका लागि सबै शक्ति लगाएपनि गोल फर्काउन सकेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...