सुमिनाले दीपेन्द्रसँग किन बयान गरिन् ‘अरुण तम्मर’ को ? (भिडियोसहित)

Sumina song

काठमाडौं । नेपालको पूर्वी नेपाल गीत संगीतको खानी हो । पूर्वी नेपालमा पूराना मात्रै होइन, नयाँ नयाँ कलाकारहरु पनि सधैं गीत संगीतको जगेर्नामा लागिरहेका हुन्छन् । पूर्वी नेपालमा उदाउँला कलाकार पनि त्यत्तिकै छन् । त्यसमै पर्छिन् सुमिना बराइली ।

उनले पछिल्लो समयमा एकपछि अर्काे गर्दै धमाधम आफ्ना गीतहरु सार्वजनिक गरिरहेकी छन् । केही दिनअघि मात्रै पूर्वमै पहिलो पटक पश्चिमेली भाकालाई फ्युजन गर्दै ‘अरुण तम्मर’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

पूर्वेली गीतमा पहिलोपटक यसरी पश्चिमेली भाका फ्युजन गरिएको हो । गायीका सुमिनाले यो पटक ‘धनकुटाको सुन्तलना मिठो’ गीत ल्याएर चर्चा कमाएका गायक दीपेन्द्र राईसँग मिलेर ‘अरुण तम्मर’ बोलको गीत बजारमा ल्याकी हुन् ।

बुद्धिमान बराइलीको शब्द र संगीतमा तयार भएको यो गीतको संगीत संयोजन भने गायक राईले नै गरेका छन् । चर्चित संगीत संयोजक कुन्दन राईको मिक्सिङ र मास्टरिङ रहेको यो गित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

लामो समयदेखि देशका अधिकांस जिल्लामा निषेधाज्ञा जारी रहेका कारण उनले स्टुडियोमै छायांकन गरेर म्युजिक भिडियोसमेत सार्वजनिक गरेकी छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...