कांग्रेस भन्छ, ओली सरकार विघटन गरी राष्ट्रिय सरकार बनाऔं

Nepali congress samajbadi flag

काठमाडौं । बिहीबार राती मात्रै प्रधानमन्त्री नियुक्तप्रति नेपाल समाजवादी कांग्रेसले आपत्ति जनाएको छ । समाजवादी कांग्रसले केपी शर्मा ओली नेतृत्वको सरकार पटकपटक विफल भइसकेको व्यक्तिलाई पुनः प्रधानमन्त्री बनाइनु देशकै लागि घातक हुने पनि तर्क गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ खुवाएकै दिन कांग्रसले विज्ञप्ती जारी गर्दै पटकपटक असफल बनेका ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरिनु घिनलाग्दो दाउँपेच भएको उल्लेख गरेको छ ।

गोविन्द निरौलाद्धारा जारी विज्ञप्तीमा ओली सरकारलाई तत्काल खारेज गरेर सबै दललाई अटाउनसक्ने राष्ट्रिय सरकार गठनमा जोड दिइएको छ । कांग्रेसले भनेको छ, ‘ओली नेतृत्वको अतिवादी सरकार ततकाल खारेज विगठन गरी नेपाल समाजवादी कांग्रेससहितका सबै दललाइृ अटाउने राष्ट्रिय सरकार बनाउनु आजको आवश्यकता हो ।’

सबै दल मिलेर बनाइने राष्ट्रिय सरकारले मात्रै अहिले जारी रहेको राजनीतिक अस्थिरताको अन्त्य गर्न सक्ने उसको ठहर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...