धरापमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट : एमाले कस्सियो सरकार बनाउन

Tilochan bhatt

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच सहमति भएसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको प्रदेश सरकारमा अहिले माओवादी केन्द्रका एक र नेकपा एमालेका तीन जना मन्त्री छन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको खेमाबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका पठानसिंह बोहरालाई तत्कालीन नेकपा विभाजित भएका बेला मुख्यमन्त्री भट्टले पदबाट हटाएका थिए ।

माओवादीबाटै आर्थिक मामिला तथा योजनामन्त्री बनेका झपट बोहरा पनि पदबाट राजीनामा दिंदै ओलीतर्फ लागेका थिए । त्यही बेलादेखि यी दुवै मन्त्रालय मुख्यमन्त्री आफैँले सम्हाल्दै आएका छन् ।

तर ओली र नेपालीबीच हिजो भएको सहमतिपछि दूरपश्चिममा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना देखिएको छ । ५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन् । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का २ जना सांसद छन् ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले २५ सिटसहित अहिले सबैभन्दा ठूलो दल छ । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सरकार गठन गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ ।

नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भित्री तयारी थालेको छ । नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने उपयुक्त समय आएको बताउँदै आवश्यक गृहकार्य थालिएको संकेत गरे ।

जनता समाजवादी पार्टीका २ जना सांसद सांसद पनि महन्थ (राजेन्द्र पक्ष) का हुन् । त्यही भएर पनि प्रदेशमा एमालेको सरकार बन्ने पक्का भएको हो ।

साबिक नेकपा टुक्रिएपछि प्रदेशमा एमाले भित्र नेपाल समूह बलियो हुँदा माओवादी नेतृत्वको सरकार परिवर्तनमा एमालेलाई एकस थियो । माओवादी र नेपाल समूह एक भएका कारण प्रदेश सरकार फेरबदल हुन सकेन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...