८ महिनाकी नाबालिकासहित धनकुटामा एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि

Dhankuta pcr lab

धनकुटा । पछिल्लो २४ घण्टामा धनकुटामा एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा एकैदिन थपिएकामध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला अस्पतालको ल्याबमा ९९ जनाको पीसीआर परीक्षण गर्दा २८ पुरुष र १६ महिलामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै चौविसे गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौविसेको एकै वडाका १२ जनामा संक्रमण देखिएको हो । योसँगै धनकुटामा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि हुनेको संख्या १५० पुगेको छ ।

धनकुटा नगरक्षेत्रमा पनि १३ संक्रमित थपिएका छन् । छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा ३/३ जना तथा पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा ८ महिनाकी नावालिकासमेत रहेको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेण्डेड डा. पुजन विश्वकर्माले बताए । धनकुटामै बस्दै आएका तेह्रथुमको लालिगुँरास–२ का २७, ३६, ५२, ४१, ३७, ३० र १८ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

धनकुटामा पहिलो चरणमा कोरोना संक्रमण पुष्टि हुने धेरै संक्रमित विना लक्षणका थिए । तर, दोस्रो चरणमा नयाँ संक्रमण पुष्टि हुने अधिकांसमा लक्षण देखिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...