नेपाल समुहले तत्काल राजीनामा नदिने, ओलीलाई तेसोपटक प्रधानमन्त्री बन्ने बाटो खुल्यो

Kp oli madhav nepal vet

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समुहलाई राजीनामा गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने योजना असफल बनेलगत्तै केपी शर्मा ओली नै तेसोपटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

नेपाल समुहका सांसदहरुलाई राजीनामा गराएर नयाँ सरकार बनाउने योजनामा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीविरुद्ध बहुमत जुटाउन नसक्ने निश्चित बनको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएपछि नेता नेपालले तत्काल राजनीनामा नदिने र एकताको बाटो खोजिने बताउनु भएको छ । योसँगै माओवादीसहितको गठबन्धन रन्थनिएको छ ।

चपली हाइटस्थित रामेश्वर थापाको घरमा प्रधानमन्त्री ओली र नेपालबीच वार्ता भएको थियो । उनले आज आफ्नो समूहका सांसदहरुले दिने भनेको राजीनामा पनि टरेको बताए । उनकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।

‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ । 

प्रतिकृया दिनुहोस