व्यवसायी रामेश्वर थापाको घरमा ओली-नेपालबीच भेटवार्ता शुरु, २ जेठ २०७५ को बटमलाइन कायमै

Kp oli madhav nepal vet

काठमाडौं । पार्टी विभाजनको मुखैमा पुगेको बेला नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको छ ।

नेपाल समुहको स्थायी कमिटीका नेताहरुको बैठकको निष्कर्ष भनेको सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो ।र्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको छ ।

एमालेले भने अध्यक्ष ओलीलाई नै सर्वेसर्वा हुनेगरीको अधिकार दिइएको छ । यदी ओलीले नेपाल समुहको माग पुरा गर्न तयार नभए आज ओली सत्ताबाट बर्हिगमन हुनेछन भने शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बस्ने सम्भावना छ । त्यसलाई रोक्न पनि प्रधानमन्त्री ओलीले नेपाल समुहको माग पुरा गराउनेतिर लाग्ने धेरैको आँकलन छ ।

पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए ।

नेकपा एमालेको स्थायी समितिको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको ४ जनामाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरिसकेको छ । यद्यपि नेपाल र झलनाख खनाल समुहले भने ओली २ जेठ २०७५ मा फर्किए मात्रै एकता सम्भव रहेकोनिष्कर्षमा पुगेको छ ।

तर, सहमति जुट्न नसक्दा २७ वैशाखमा नेपाल समूहका सांसदहरुले ओलीलाई विश्वासको मत दिएका थिएनन् । ओलीले विश्वासको मत नपाएपछि आज राति नौ बजेसम्म संयुक्त सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग आह्वान गरेकी छन् ।

ओलीको प्रस्तावपछि नेता नेपालसँग भेटवार्ता पनि तय भएको छ । ‘एमालेको एकता जोगिन्छ कि जोगिंदैन भन्ने यो भेटवार्ताले तय गर्छ,’ स्रोतले भन्यो । यसअघि ८ र ९ वैशाखमा पनि ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।
समूहले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ । खनाल–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने नेता भीम रावलले बताए ।
यसअघि नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।

प्रधानमन्त्री ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज ९बिहीबार० राति ९ बजेसम्मको समय दिएकी थिइन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज राति ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्न नसेको संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन् ।

 

प्रतिकृया दिनुहोस