नेपाल-खनाल समुहको अन्तिम ‘बटमलाइन’ २ जेठ २०७५

Madhav nepal 27

काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको ४ जनामाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

यद्यपि नेपाल र झलनाख सनाल समुहले भने केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किए मात्रै एकता सम्भव रहेको निष्र्षमा पुगेको छ ।

नेपाल समुहको स्थायी कमिटीका नेताहरुको बैठकको निष्कर्ष भनेको सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो ।र्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको छ ।

‘हाम्रो माग यसमा केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ,’ ती नेताले भने । तर २ जेठ २०७५ को अवस्थामा एमाले पार्टी फर्कन्छ भन्ने इमान्दार सहमति गरिनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

बिहान बालुवाटारमा बसेको बैठकले नेता नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको छ । कारबाही फिर्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसँग टेलिफोन संवाद गरी भेटवार्ताको प्रस्ताव गरेका थिए ।

तर, सहमति जुट्न नसक्दा २७ वैशाखमा नेपाल समूहका सांसदहरुले ओलीलाई विश्वासको मत दिएका थिएनन् । ओलीले विश्वासको मत नपाएपछि आज राति नौ बजेसम्म संयुक्त सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग आह्वान गरेकी छन् ।

ओलीको प्रस्तावपछि नेता नेपालसँग भेटवार्ता पनि तय भएको छ । ‘एमालेको एकता जोगिन्छ कि जोगिंदैन भन्ने यो भेटवार्ताले तय गर्छ,’ स्रोतले भन्यो । यसअघि ८ र ९ वैशाखमा पनि ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

समूहले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ । खनाल–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने नेता भीम रावलले बताए ।

यसअघि नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।

प्रधानमन्त्री ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज ९बिहीबार० राति ९ बजेसम्मको समय दिएकी थिइन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज राति ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्न नसेको संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन् ।

 

प्रतिकृया दिनुहोस