माधव नेपाल पक्षको राजीनामा रोक्न ओलीको प्रयास, बोलाए स्थायी कमिटी बैठक

Kp oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव कुमार नेपाल पक्षका माग सम्बोधन गर्नेबारे निर्णय लिने बुझिएको छ ।

पार्टी एकताको लागि आफू हदैसम्म पनि लचिलो बन्न तयार रहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले अन्तिमपटक आज नेता नेपालसँग वार्ताको पनि प्रयास गरेका छन् ।

अहिले नेता नेपालको निवासमा ओलीले विष्णु पौडेललाई पठाएका छन् । उनीहरुबीच छलफल जारी छ । नेपाल पक्षले आज विहान राजीनामा दिने तयारी गरेको छ । त्यो भन्दा अघि एकपटक सम्वाद गरौं भन्ने पक्षमा ओली पुगेका छन् ।

नेपा पक्षले भने सामूहिक रुपमा सांसद पदबाट राजीनामा दिनेगरि हस्ताक्षरसमेत तयार पारेको छ । हिजो पनि प्रधानमन्त्री ओलीले नेता नेपालसँग सम्वाद गर्न चाहेका थिए ।

आज बस्ने स्थायी कमिटी बैठकमा नेपाल पक्षले उठाउँदै आएका माग सम्बोधनबारे ठोस निर्णय लिने बुझिएको छ । स्रोतका अनुसार नेपाल पक्षका माग सम्बोधन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई नै दिने बताईएको छ ।

प्रतिकृया दिनुहोस