काठमाडौं उपत्यकामा ३ हजार ९२४ जनामा संक्रमण, काठमाडौंका मात्रै ३२ सय ५० जना थप

Kathmandu

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२ सय ५०,भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर उपत्यकाका सहित ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन् । ५१७ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...