एक बर्षभित्र चुनाव गर्नेगरी राष्ट्रिय सरकार बनाऔँः बाबुराम भट्टराई

Dr bhattari

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एक बर्षभित्र चुनाव गर्नेगरी राष्ट्रिय सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले संबिधानको धारा ७६ को उपधारा २ अनुसार सबै दलको सहभागितामा वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकोको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।

राष्ट्रपतिले विहिबार रति ९ बजेसम्मको समय दिएर धारा ७६ को २ अनुसार सरकार गठन गर्न आव्हान गरेको समय अब एक दिन मात्र बाँकी हुदा डा। भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।

जसपाको यादव(भट्टराई पक्ष काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने कसरतमा भएपनि जसपाकै महन्थ ठाकुर पक्षले समर्थन नगरे पछि यो प्रयास अझै सफल हुन सकिरहेको छैन ।

प्रतिकृया दिनुहोस