ओलीलाई प्रचण्डको प्रश्न : प्रधानमन्त्री जी यो सदनमा विश्वासको मत माग्ने नैतिक अधिकार छ ?

Prachanda xyt4oxdzrn

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल‘ ‘ प्रचण्ड’ प्रधानमन्त्री केपी ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्‍वासको मत माग्‍ने नैतिक अधिकार दाबी गरेका हुन्।

‘यो सदनले विश्वासको मत दिँदैन।’उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भए यता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन।’

उनले संविधान मर्म अनुसार नै संसद् पुनः स्थापना भएलगत्तै ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको स्मरण गरे। उनले देशमा कोरोना लागेजस्तै संविधानलाई पनि कोरोना लागेको भनेर व्यङ्ग्य गरे। उनले राष्ट्रिय समस्या प्रधानमन्त्री ओली कि म भनेरसमेत प्रश्न गरे। प्रचण्डले वामगठबन्धनको स्थायीत्व र विकास र समृद्धिको योजना तुहेको धारणा राखे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...