नेपाल-खनाल समुहको ‘बोल्ट डिसिजन’ : तत्काल राजीनामा नदिने, बैठकमा पनि सहभागी नबन्ने

Khnal nepal

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय नजिकिँदै गर्दा आफनै पार्टीबाट घात हुने पक्कापक्की भएको छ ।

हिजो पार्टीकै करिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समुहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो ।

सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् । यस्तै नेताहरुले पार्टी एकता सकिएको प्रतिक्रिया समेत दिएका छन् ।

आज बिहान ९ बजेसम्म पार्टी एकताका लागि पहल गर्न समय दिएका थिए । तर ओलीले नेपाल खनाल समुहलाई वास्ता नगरेपछि अन्ततः प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने र बैठकमै सहभागी नहुने निष्कर्ष निकालेको छ ।

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार समेत गरेका थिए ।

तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागीता नरहने नेता भीम रावलले जानकारी दिए ।

सिंहदरबारस्थित संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच भएको छलफलले प्रधानमन्त्रीलाई विश्वासको मत पुग्ने सम्भावना न्युन रहेको छ । खनाल नेपाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस