गण्डकी प्रदेशमा को बन्छ मुख्यमन्त्री ? यस्तो छ अंक गणित

Krishna chandra pokharel

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अब को बन्द नयाँ मुख्यमन्त्री भनेर विभिन्न अड्कलबाजीहरु भइरहेका छन् । सँगसँगै गण्डकी प्रदेशको राजनीतिमा नयाँ अध्याय सुरु भएको छ ।

यसअघि अविश्वासको प्रस्ताव दर्ता गर्दा ४ पार्टीको सहमतिमा भावी मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका २ गरि २८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

पछिल्लो समयमा जनमोर्चाको औपचारिक निर्णयसँगै कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने देखिएको छ । तर, पनि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक बिरामी भएर अविश्वास प्रस्ताव रोकिएपछि विभिन्न आशंका जन्मिए जस्तै विभिन्न आशंकाहरु पनि छन ।

गण्डकी प्रदेशसभामा ६० जना सदस्य छन् । त्यसमध्ये एमालेका २७ जना सांसद छन् । मनाङ ‘ख’बाट स्वतन्त्रमा निर्वाचित सांसद दीपक मनाङेले एमालेलाई नै समर्थन गरे भने एमालेसँग २८ मत हुनेछ ।

नयाँ सरकार गठनका लागि ३१ मत आवश्यक पर्छ । उनले सरकारमा सहभागी बन्नुअघि राष्ट्रिय जनमोर्चाले जे गर्छ, म त्यही गर्छु भन्दै आएका थिए ।

नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीसँग जम्मा २९ मत छ । त्यसमध्ये सभामुख नेत्रनाथ अधिकारीले मतदान गर्न नपाउने भएकाले विपक्षी गठबन्धनसँग २८ मत मात्र रहन्छ ।

यस्तो अवस्थामा नयाँ सरकार गठनका लागि तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाको भूमिका निर्णायक हुनेछ । जनमोर्चाले पनि सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेकाले अबको मुख्यमन्त्री नेपाली कांग्रेसकै पोल्टमा जाने देखिन्छ ।

प्रतिकृया दिनुहोस