नेपाल समुहले दियो ओलीलाई १३ घण्टा समयको समय, ओलीले के गर्लान् ?

Khnal nepal

काठमाडौं । बिश्वासको मत ल्याउन खोजिरहेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक संकटमा परेका छन् ।

जनता समाजवादी पार्टीले ह्वीप नलाग्नेगरी सांसदहरुलाई निर्देशन पद नै धरापमा परेका बेला आफनै पार्टीका सांसदहरुलाई आफनो पक्षमा पार्न हम्मेहम्मे परिरहेको छ ।

यही बेला माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् ।

सांसदहरुको बैठकले भोलि २७ गते बिहान ९ बजेसम्मको समय दिएका हुन् । तर आजै दिउँसो प्रधानमन्त्री ओलीले पार्टीको ह्वीप नमान्नेलाई सामुहिक अपराधी भनिसकेका छन । यस्तो अवस्थामा नेपाल पक्षको अल्टिमेटमको अर्थ छैन ।

यद्यपि पार्टी मिलाउन केही नेताहरु लागिपरेका छन । तर, अहिलेसम्मको अवस्था हेर्दा ओली न पछाडी फर्किने देखिन्छ, न नेपाल पक्ष नै । यसलाई हेर्ला भोली नै ओली अल्पमतमा पर्ने र भोलीदेखि नै एमाले औपचारिक रुपमा दुई खेमामा बाढिने पक्कापक्की देखिन्छ ।

प्रतिकृया दिनुहोस