नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

Congress party office mrjaxjqgd0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो २ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा आफ्नो रणनीति बनाउन बैठक बस्न लागेको उनले बताइन् । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लागेका छन् ।

ञवैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने नै मुख्य एजेन्डा हो, उनले भनिन्, त्यसबाहेक पछिल्लो राजनीति घटनाक्रमका बारेमा पनि छलफल हुन्छ ।

यसअघि मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय गरेको थियो ।

आजको बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ । बुधबार, बिहीबार र शुक्रबार देउवा निवासमा तीन महत्त्वपूर्ण राजनीतिक भेटवार्ता भएका थिए । ती भेटवार्ताका बारेमा देउवाले सांसदहरूलाई जानकारी गराउने छन् ।

बुधबार प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका नेताहरूसँग देउवाको छलफल भएको थियो । त्यसपछि एमालेकै असन्तुष्ट पक्ष नेता माधवकुमार नेपाल र भीम रावलले बिहीबार भेटवार्ता गरेका थिए । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवासँग भेट गरेका थिए ।

प्रतिकृया दिनुहोस