आज २०७८ बैशाख २४ गते शुक्रबार, श्री संतोषी माताको दर्शन गर्दै हेर्नुस् तपाईको राशीफल

Santosi mata 768x431

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मायाप्रेम तथा पति पत्नी बीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछि पारी आफू अगाडी बढ्ने समय रहेको छ भने प्रविधिको प्रयोग गरी निरन्तरता दिन सकिनेछ । व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । मायाप्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपाईंको काममा सहयोग हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
वौद्धिक व्यक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतीले सबैको मन जित्नेछ । पढार्इ लेखाइमा अरुभन्दा एक कदम अघि बढि नतिजा आफैंतिर ल्याउन सकिनेछ । सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यतित हुनेछ । तरपनि भौतक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धीमुलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाजुभाइ तथा छिमेकीबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ । पढार्इ लेखार्इ प्रगतीकै बाटोमा अगाडी बढ्ने योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धीमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिनेहरुका लागी समय मध्ययम रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाइ लेखाइमा प्रविधिको सहयोगले प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरुको प्रयोगमार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ, सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेको छ । तरपनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अविश्श्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाढिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैंतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्यक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । प्रविधिको सहयोगले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ । अध्ययनमा मन नजाँदा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ ।

 

प्रतिकृया दिनुहोस