स्थायी कमिटी बैठकपछि राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगे प्रधानमन्त्री ओली

Kp oli 19

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । उनी शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन् ।

बालुवाटारमा विहीबार विहान बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धनले उम्मेदवार तय गरिसकेका छन् । वाग्मतीमा गृहमन्त्री रामबहादुर थापाको ठाउँमा रिक्त रहेको पदमा खिमलाल देवकोटा र लुम्बिनीमा चन्द्रबहादुर खड्काको ठाउँमा दीर्घनारायण पाण्डेलाई विपक्षी गठबन्धनले उम्मेदवार बनाउने भएका छन् ।

‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका बारेमा छलफल गरेका छौँ र यो निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका छन्’, बैठक पछि ज्ञवालीले भने, ‘सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गर्ने र छलफल अगाडि बढाउने छौ । उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...