प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय, अध्यादेश ल्याएकोमा आपत्ति

Congress meeting budhanilkanth

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिएर अघि बढ्ने उदेश्यले प्रतिनिधिसभाको बिशेष बैठक बोलाएपछि नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने यसअघि नै बताइसकेका छन् । जसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते दिउँसो १ बजे संसद् बोलाएकी छन् । सो बैठकलाई माओवादीले पनि राम्रो उद्देश्यले नबोलाइएको ठहर गरेको छ ।

मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको थियो ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...