सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय  

Maobadi meeting  532

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आज बैठक सकिँदा पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा हाल मतदानमा सहभागी बन्न पाउने सांसद २७१ जना छन् । २७१ मध्ये बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ । माओवादी केन्द्रका ५३ जना सांसद भए पनि चार जना पार्टी परित्याग गरेकाले माओवादीसँग हाल सभामुखसहित ४९ जना सांसद मात्रै छन् भने एमालेका १२१ सांसद छन् ।

काँग्रेसका ६३ मध्ये २ जना निलम्बित छन् । त्यस्तै, जनता समाजवादीका ३४ मध्ये २ जना निलम्बनमै छन् । साना दलहरूबाट मजदुर किसान पार्टी, राप्रपा र जनमोर्चाका एक–एक सांसद छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...