लुम्बिनी प्रदेशको लफडा : सुटुक्क राजीनामा, सुरक्षा घेरामा क्वाटरमा लुसुक्क सपथ

Mukhyamantri sapath

काठमाडौं । नेपाली राजनीति भनेजस्तो सजिलो छैन र सोचे जस्तो सरल नि छैन । यसको पछिल्लो उदाहरण हो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रकरण । मुख्यमन्त्री पोखरेलले आज अचानक सोच्दै नसोचेको नाटकीय तरीकाले राजीनामा दिए । र नाटकीय तरीकाले नै दोस्रो पटक मुख्यमन्त्री पनि भए ।

मुख्यमन्त्री बनेपछि त लुम्बिनी प्रदेशमा जनताले जयजयकार गर्नुपर्ने हो । सबै राजनीतिक दलहरुका नेताहरुको सहभागीतामा पद तथा गोपनियताको शपथ लिनुपर्ने हो । तर, आइतबारको दृष्य त्यस्तो थिएन ।

दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको निवासमा धर्ना दिइरहे पनि साँझ ठुलो संख्यामा सुरक्षाकर्मी बोलाएर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको निवास लगियो । धेरै मात्रामा सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्रीमा पुगेपछि प्रदेश प्रमुख यादवले सपथ गराए ।

नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले बहुमत आफूहरुसँग रहेको दाबी गर्दै शपथ रोक्न माग गरे पनि प्रदेश प्रमुख यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर पोखरेललाई शपथ खुवाउन भ्याए ।

आइतबार दिउँसो देखिनै धर्ना दिएका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालय नाराबाजी गरेर शपथ रोक्न खोजेपछि बाक्लो सुरक्षा घेराबीच प्रदेश प्रमुख यादवलाई मुख्यमन्त्री कार्यालय लगेर शपथ खुवाइएको हो ।

सरकारको मुख्यमन्त्री रहेका पोखरेलले एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरिएको छ ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेस गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । तर प्रदेश प्रमुख यादवले यसअघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...