शपथ अघि नै मुख्यमन्त्री पोखरेल अल्पमतमा, तीन सांसदले दिए राजीनामा

Kjklj;lkp;l

काठमाडौँ । लुम्बिनी राजनीतिक उथलपुथलका बीचमा अर्को घटना थपिएको छ । लुम्बिनी प्रदेश सभाका तीनजना सांसदले सभामुखलाई राजीनामा बुझाएपछि प्रदेशको राजनितिले नयाँ मोड लिएको हो ।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन् ।

आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त नहुँदै सांसदले राजीनामा दिएका हुन् ।

सांसदको राजीनामा छल्न नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

जसपाका चारजना सभासद्को पद रिक्त भएसँगै प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि मुख्यमन्त्री पोखरेलले एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए ।

उनले पेस गरेको दाबीअनुसार तत्कालै उनलाई मुख्यमन्‍त्री नियुक्त गरिएको थियो । तर तीनजना सांसदले राजीनामा दिएपछि उनले बहुमत गुमाएका छन् । उनको नियुक्ति विवादमा परेको छ ।

नयाँ सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार राजीना दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...