लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको मुटु हल्लाउने बिमला वलीको त्यो पत्र

Bimala oli lumbini prasesh

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट दाङ ३ (ख) बाट विमला वली प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । उनी पूर्व एमाले हुन् । उनले अहिले एकाएक नेकपा माओवादी केन्द्र रोजेकी छन् ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् ।

सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनलाई एमालेले आफ्नो सांसद मान्दै आएको थियो । तर, उनले मुख्यमन्त्री शंकर पोखरेलले एमालेको एकल सरकार बनाउने कसरत गरिरहेका बेला उनले माओवादी केन्द्र रोजिन् । जेकी हुन् । वलीको यो निर्णयसँगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत नै गुम्यो ।

बिमलाको त्यो पत्रले लुम्बिनी प्रदेशको राजनीतिको तापक्रमलाई एकाएक ४५ डिग्रीमा पु¥याई दिएको छ । अविश्वासको प्रस्ताव छल्न राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले आजै आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेका बेला उनलाई ठूलो झड्का लागेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको राजनीति तातेको छ भने एकपछि अर्को गर्दै छिटोछिटो राजनीतिक घटनाक्रम विकसित हुँदै गएको छ ।

अर्काेतर्फ आफ्नो बहुमत नपुग्ने भएपछि पोखरेलले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरिदिएका छन् । यसले झन लुम्बिनी प्रदेशको राजनीति थप गर्मिलो बनाइदिएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा) का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् ।

एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको थियो । तर, अचानक सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।

विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत पुग्ने अवस्था छ । वलीले साथ दिँदा पोखरेलले बहुमत गुमाउने पक्कापक्की भएपछि पोखरेलले विषेश अधिवेसन नै अन्त्य गरिदिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...