लुम्बिनी प्रदेश : अविश्वासको प्रस्ताव छल्न पोखरेल राजीनामा, यस्तो छ अंक गणित

Shankar pokharel 19

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर खोखरेलविरुद्ध एमाले, कांग्रेस र जसपाले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्तावमा छलफलका लागि बोलाइएको विशेष अधिवेशन आजबाट सुरु हुँदै थियो । तर मुख्यमन्त्री पोखरेलको राजीनामा आएपछि सत्ता समीकरणको खेल फेरिएको छ ।

पोखरेलले राजीनामा दिए पनि नेकपा एमालेले पुनः पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । पोखरेलले अविश्वासको प्रस्तावमा छलफल हुँदा फ्लोर क्रस भए सरकार ढल्ने ठानेर हतारहतार राजीनामा दिए । उनले आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबी छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा) का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ ।

विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत हुने र एमाले सांसदले फ्लोर क्रस गर्दा पोखरेल नेतृत्वको सरकार ढल्ने विश्लेषणसहित विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । किनकी एमालेका ४१ सांसदहरुमध्ये माधव नेपाल पक्षका दुई जना सांसदहरु मुख्यमन्त्री पोखरेलको विरोधमा खुलेर लागेका थिए ।

विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदानको क्रममा फ्लोर क्रस हुँदा सरकार ढल्ने भएकाले पोखरेलले त्यस अगाडि नै राजीनामा दिएर नयाँ सरकार गठनको प्रयास थालेको उनी निकट नेताहरु बताउँछन् ।

यो प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी (जसपा) ले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाएका छन् ।

नयाँ सरकार गठनका लागि प्रदेशप्रमुख धर्मनाथ यादवले प्रदेशसभामा सहभागी दललाई आह्वान गनुपर्ने हुन्छ । प्रदेशप्रमुखको कार्यालयले आजै उक्त आह्वान गर्ने तयारीमा छन् ।

नयाँ राजनीतिक घटनाक्रमहरूबारे नयाँ रणनीति बनाउँदै एमालेले अन्य मन्त्रिमण्डल विस्तार गर्नेसमेत एमाले संसदीय दलको निर्णय छ ।

पोखरेलले आफ्नो नेतृत्वमा आजै नयाँ सरकार बनाए जसपाका ४ जना मन्त्री भने रिङ आउने हुने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...