नेपग्याजम कमेडी समूहले कालापत्थरमा स्ट्यान्डअप कमेडी प्रस्तुत गर्ने

Stand up comedy 768x313

काठमाडौँ । ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपाली युवापुस्ता माझ चर्चित ‘नेपग्याजम कमेडी’ समूहले सगरमाथास्थित कालापत्थरमा स्ट्याडअप कमेडी प्रस्तुत गर्ने भएको छ ।

विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रम नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले कार्यक्रम आयोजना गर्न लागेको हो । सो समूहले आगामी वैशाख २० गते विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको फेद कालापत्थरमा संचालन हुनेछ ।

यसअघि इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविर ५,२७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए ।

नेपग्याजमले पाउलोको यो रेकर्ड तोड्न ५,६४३ मिटरमा स्ट्यान्डअप कमेडी गर्न लागेको हो । त्यसका लागि आफ्ना दुई स्टयाण्डअप कमेडीयनलाई प्रस्तुत गर्नेछ । कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति समेत पाइसकेको छ ।

नेपग्याजमका संस्थापक कलाकारद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्नेछन् । उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस(तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कर्यक्रम रहेको नेपग्याजमका संस्थापक निर्देशक सरद श्रेष्ठले बताए ।

कार्यक्रमका लागि ८ जनाको टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत् कालापत्थर जाने तयारीमा छ । “हामीले यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकेका छौं”, नेपग्याजमका अर्का संस्थापक निर्देशक ज्ञानेन्द्र राज मिश्रले बताए ।

कलाकार गौतमले विश्वकै अग्लो भूभागमा प्रस्तुती दिने कुरा आफ्नो लागि मात्रै नभई सबै नेपालीका लागि गर्वको कुरा भएको बताए । कोरोना महामारीकाबीच विश्वलाई हसाउने चाहना रहेको बताउँदै उनले भने, “कठिनाइ भएपनि नेपालीको माया नै हाम्रोलागि अक्सिजन झै भएको छ ।” सबैको साथ सहयोगले आफूहरुको मनोवल उच्च भएको उनको भनाइ छ ।

यस्तै अर्का कलाकार त्रितालले कोरोना, राजनैतिक खिचातानी, बेरोजगार जस्ता समस्याले तनावपूर्ण अवस्थामा केही सुखद समाचार दिउँ भन्ने चाहनाका साथ प्रस्तुती दिन लागेको बताए । उनले भने, “यो नेपालीका लागि गौरवको कुरा हो, सम्पूर्ण नेपग्याजम कमेडीप्रेमी फ्यानहरुको मायाले हामीलाई थप ऊर्जा मिलेको छ ।

कार्यक्रमको मुख्य प्रायोजन अष्ट्रेलियास्थित “अल्टिमेट इन्स्टिच्यूट अफ अष्ट्रेलिया” तथा “निन्जा”को रहेको छ । त्यस्तै, इन्स्योरेन्स पार्टनर “सूर्या लाइफ इन्स्योरेन्स”, हेलिकप्टर पार्टनर “सिम्रिक एयर” रहेका छन्, भने सह–प्रायोजन “जगदम्बा मोटर्स–टीभीएस” तथा “एमएनटीभी अष्ट्रेलिया” रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...