आज बैशाख १८ गते शनिबार, शनिदेवको दर्शन गर्दै हेर्नुस् तपाईको राशीफल

Sanidev maharaj 768x508

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिँढिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई धन कमाउन सकिने समय रहेको छ । प्रेमका कोपिलाहरु फक्रियर जानेछन् ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साथीभाइ तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला, आज गरिने व्यावसायमा घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । लामो दुरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पुराना तथा थाती रहेका कामहरु सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशङ्शा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदि बहिनीहरुको सहयोग पाइने हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नीबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथीभाइ तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । विद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । शत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शिक्षामा गरिएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अविस्वास बढ्ने तथा पति पत्नीबीच एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला, पेट सम्बन्धि समस्या नआउला भन्न सकिन्न ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपूर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कूल कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाइ लेखाइमा खासै ध्यान नजाँदा विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । कुटुम्बसँग मनमुटाव बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला, आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने पति पत्नीबीच विश्वासको वातावरण गुम्ने खतरा रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती सुदृढ हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर तान्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विदेशी सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको विदेश यात्रा हुने योग रहेको छ । पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढि मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तरल पदार्थ तथा पानीसँग सम्बन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्ने फाइदा हुनेछ । पढाई लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्ति क्षेत्रसँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...