आज २०७८ वैशाख १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल

Rashi 768x459

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक व्यावस्थापन तथा रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला । सही तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाती रहनेछन् । पैतृक धन तथा सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दाजुभाइसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरु फक्रन नपाउने हुनाले मन दु:खी हुनेछ । अरुकै पछि लागेर हिँड्नाले उपलब्धी नहुने तथा आफ्ना कामहरु थाती रहनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कानुनी रुपमा गरिने कुनै पनि कामहरु सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसर सृर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृढ भइनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । प्रेम प्रशङमा सामीप्यता बढेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा वृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी प्रसाद तथा टीका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ । तरपनि अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नसोचेको धन सम्पति हात लाग्ने गतिलो योग रहेको छ । व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले मनग्गे धन सम्पति संग्रह गर्न सक्नेछन् । विद्यामा समय दिए अनुसार राम्रै नतिजा ल्याउन सकिनेछ । माया प्रेममा अविश्वास सिर्जना भएपनि अन्तत: एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा विशेष ध्यान दिनुहोला । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने तथा पुरानो समस्या बल्झन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा लगानी वढाइ आम्दानीका स्रोतहरु बढाउन सकिने छ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैयाँ पैसा बचत गरी नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहने छ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफैँ साइड लाग्नेछन् । आफ्नो विशेष मान्छेलाई लिएर यात्रामा निस्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आकश्मिक धन तथा सम्पत्ति लाभ हुनेयोग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिने छ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानीबाट मनग्य धन लाभ हुनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रतिस्पर्धीहरु हार खानेछन् भने राजनीति तथा समाजसेवामा समनजनक स्थान पाउने योग रहेको छ । घर जग्गा तथा सवारी साधनको खरिदबिक्रिबाट मनग्य आम्दानी गर्न सकिनेछ । आमा वा परिवारका सदस्यहरुको सहयोग पाइने हुँदा शरिरमा स्फूर्ती बढ्नेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने तपार्ईँको लोकप्रियता चुलिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साहसिलो कामगर्ने जोस जागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न भइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको गाँठो कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ । दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लामो समयदेखि थाती रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...