घरेलु मैदानमा नेपालले जित्यो त्रिकोणात्मक टी –२० सिरिजको उपाधि

Nepali cricket team

काठमाडौँ । नेपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि हात पारेको छ । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी –२० सिरिजको उपाधि जितेको हो ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो । ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेयता नेपालले घरेलु मैदानमा उपाधि जितेको थिएन ।

नेपाल, नेरदल्याण्ड्स र मलसियाबीच भएको त्रिदेशीय शृङ्खलाको उपाधि नेपालले प्राप्त गरेको हो । त्रिदेशीय श्रृंखला वैशाख ४ गतेदेखि सुरु भएको थियो ।

नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले उपाधि पाएको हो । नेदरल्यान्ड्समाथी विजय हुदै नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको छ ।

कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले दुई पटक २०० रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे ।

२० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।

ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भएका थिए । नेदरल्याण्डका २ विकेट कमल ऐरीले लिए । यस्तै करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । यसैगरी अविनाश बोहोराले १ विकेट लिए ।

टस जितेर पहिले बलिङ गरेको नेदरल्याण्डका तर्फबाट फिलिपे बोसेभाइनले नेपालका २ विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि म्याक्स ओुडाउडले २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...