ताप्लेजुङमा गोली हानी शिक्षकको हत्या

Gun fair 768x457

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका(२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको छ। जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ करिब साढे पाँच बजे सान्थाक्राकै प्रताप भनिने आकाश लिम्बूले घरको आँगनमा निस्किएको समयमा शिक्षक खड्गलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

गोली हानी हत्या गरेको आरोपमा आकाशलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पोखरेलले बताए। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ राखिएको ‍छ। घटनामा प्रयोग भएको भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले बताएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...