आज २०७८ वैशाख ९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

Rashi 768x459

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । सामाजिक काम समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामीप्यता बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढी मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विदेशी सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दूरीको विदेश यात्रा हुने योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
विद्यामा अरूलाई पछि पारेर अगाडि बढ्ने समय रहेको छ । सानातिना स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै, धातु तथा पानीसँग सम्बन्धित वस्तुको कारोबारबाट फाइदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा सरहका मानिसबाट तपार्ईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे)
अरूलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दूरीको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिरतिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारी स्तरमा तपार्ईंको प्रभाव बढ्ने हुनाले समयमा काम बन्नेछन् ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
प्रेममा देखिएको तित्तता मेटिनेछ भने दिदीबहिनीको सहयोगमा नयाँ काममो थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय दिनसक्दा सबै साथीहरुभन्दा तपार्ईं नै अग्र स्थानमा आउनु हुनेछ । आर्थिक अभावको सामना गर्नुपरे पनि बोली बिक्ने हुँदा परिस्थितिलाई सहज बनाउन सकिनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने सेयर बजारमा लगानी गर्न सके मनग्गे लाभ लिन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ । पारिवारिक सम्बन्ध तथा पतिपत्नी बीचको सम्बन्धमा केही खल्लो अनुभूति भएको महसुस हुनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा सत्रुबाट छुट्करा पाउने समय रहेको छ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पदप्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । साँझपख भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढा, भे)
पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्मा रमाउने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दै हुनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित भेटघाट हुनेछ । पढाइ लेखाइमा राम्रो प्रगति गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । तर पनि सर्वसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाज सेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने पेसा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् भने विवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ । व्यावसायिक यात्राको तयारी गर्न सकिनेछ भने यात्रा उपलब्धिमूलक नै रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ । माया प्रेममा सामीप्यता बढ्ने योग रहेको छ । सहासिलो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची)
मीठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण काम फत्ते गर्न सकिनेछ । प्रेमप्रसङ्मा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी हुनेछ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेबल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...