अभिनेत्री केकीलाई कोरोना पुष्टि

Keki

काठमाडौँ । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चलचित्र ‘घिन्ताङ’ को छायाङ्कनमा ब्यस्त रहेकी केकी दोश्रो पटकको टेस्टमा पनि कोरोना देखिएको हो ।

होम आइसोलेसनमा रहेकी केकी कोरोना भए पछि निर्माण टिमले चलचित्रको छायाङ्कन पनि रोकेका छन् । दीपक श्रेष्ठले निर्देशन गर्ने फिल्मको छायाङ्कन यही सोमबारबाट सुरु गर्ने तालिका थियो । लक्ष्मी बर्देवा र एलिजा गौतमले छोडे पछि निर्देशक  दीपक श्रेष्ठले केकीलाई चलचित्रमा अनुबन्धित गराएका थिए ।

चलचित्रमा उनले गौरव पहारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । एकल महिला र पुरुषबिचको अन्तरजातीय प्रेम सम्बन्ध चित्रण गर्ने चलचित्रमा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहेको छ । सात वर्षपछि दीपकले निर्देशनमा यही चलचित्र मार्फत कमब्याक गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...